गृहपृष्ठ संसदमा ड्रेसकोड : सांसदले जिन्स र टिसर्ट लगाउन नपाउने

संसदमा ड्रेसकोड : सांसदले जिन्स र टिसर्ट लगाउन नपाउने

संसदमा ड्रेसकोड : सांसदले जिन्स र टिसर्ट लगाउन नपाउने

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ।

सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोशाकलाई छलफलको विषय बनाएका थिए ।

छलफलमा सांसदहरूलाई कोट अनिवार्य गर्ने र टिसर्ट–जिन्स लगाउन नमिल्ने निर्णय भएको हो।

अमर्यादित पोशाकका बारेमा भने नियमावलीमा स्पष्ट व्यवस्था नभएको पनि उनले बताए ।

नेकपा एमालेकी सांसद विद्या भट्टराईले कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोशाक तोक्न सक्ने व्यवस्था प्रतिनिधि सभाको नियमावलीले गरेको बताइन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले औपचारिक पोशाक अथवा परम्परा, संस्कृति झल्कने पोशाक लगाउने भनेर नियमावलीमा लेखिएको बताए ।

कांग्रेसकै सांसद नगिना यादवले सभ्य कपडा लगाउने निर्णय भएको बताइन् ।

प्रकाशित समय : ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु