काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जेठदेखि मेलम्चीको खानेपानी बन्द हुँदै

6.13K
shares

आयोजनाका संरचना मर्मत गर्नुपर्ने भएपछि १ जेठदेखि दुई सातासम्मका लागि मेलम्चीको खानेपानी रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्स मर्मत र त्यसमा उपकरण जडान गर्नुपर्ने भएकाले खानेपानी बन्द गर्न लागिएको हो ।

उक्त कार्य हुन्जेल बाँधबाट मेलम्चीको ढोका बन्द गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रोजेक्टले जनाएको छ । उनका अनुसार दुई साताका लागि पानी बन्द गर्ने तयारी गरिएको हो ।

बर्खा नजिकिनै लागेकाले त्यसको बाँध क्षेत्रमा पनि सो समयमा केही मर्मतका काम हुने आयोजनाले जनाएको छ । आयोजनाले यसपटक बर्खामा कम समय मेलम्चीको पानी बन्द गर्ने गरी काम भइरहेको जानकारी गराउँदै आएको छ ।

हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आइरहेको छ । आयोजनाले नयाँ पाइपलाइनमार्फत उपत्यकाका अधिकांश ठाउँमा खानेपानी वितरण पनि सुरु गरिसकेको छ ।

यसबाहेक केही स्थानहरूमा पाइप बिछ्याउने कार्य पनि भइरहेको आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी बन्द भएका बेला पुरानै तालिकाअनुसार खानेपानी वितरण गरिनेछ ।