global ime bank Long Banner Ad

गृहपृष्ठ विदेश अध्ययनका लागि ९ महिनामै बाहिरियो ६७ अर्ब

विदेश अध्ययनका लागि ९ महिनामै बाहिरियो ६७ अर्ब

विदेश अध्ययनका लागि ९ महिनामै बाहिरियो ६७ अर्ब

गत साउनदेखि चैतसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको चैत महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको हो ।

गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम करिब ५४ प्रतिशतले बढी हो ।

कोभिड संक्रमणका बेला नेपालबाट वैदेशिक अध्ययनमा जान नपाएकाले कोभिडपछि विद्यार्थीको संख्या बढेको सरकारी अधिकारीहरू बताउँछन् । तर यो क्रम कोभिडपछिका पछिल्ला वर्षमा पनि उच्च दरले बढिरहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम कोभिड संक्रमणअघिको वर्षभरिमा सोही शीर्षकमा बाहिरिएको भन्दा झन्डै दोब्बर बढी हो । आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड र ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड बाहिरिएको थियो । खासगरी यस वर्ष क्यानडा, अस्ट्रेलियालगायत देशले सहज रूपमै अध्ययन भिसा प्रदान गरेका छन् ।

यसकारण पनि यस वर्ष विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या धेरैले बढेको हो । यही पक्षलाई दृष्टिगत गर्दै विदेश अध्ययनका लागि अनुमति (नो अब्जेक्सन लेटर–एनओसी) मा कडाइ गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । तर विदेशी सम्बन्धनका कलेजको नयाँ अनुमति भने सरकारले रोकेको छ ।

यसरी हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको राष्ट्र बैंकका उच्च अधिकारीहरूको भनाइ छ । यद्यपि पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा राम्रो सुधार भएकाले त्यसको प्रभाव मुलुकको विदेशी मुद्रा सञ्चितिमा देखिन पाएको छैन ।

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु