गृहपृष्ठ खाँणबारे काँग्रेस अनिर्णित, भएन निलम्बन
खाँणबारे काँग्रेस अनिर्णित, भएन निलम्बन
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ ।
तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए ।
‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं’, उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा भने ।
सहमहामन्त्री परियारका अनुसार खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए ।
कतै लुक्ने र भाग्ने नगरी पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको नेता परियारले बताए ।
प्रकाशित समय : १९:१४ बजे



















