गृहपृष्ठ रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा ग्राहकले १०० बोनस पाउने
रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा ग्राहकले १०० बोनस पाउने
‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई रु ५० बोनस दिँदै आएकोमा सो बोनस रकम बढाइ रु १०० दिने निर्णय गरिएको हो ।
अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० बोनस पाउने कम्पनीले जनाएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
प्रकाशित समय : १३:०० बजे



















