गृहपृष्ठ शरणार्थी समस्यालाई विषयान्तर गर्दै एमाले, बजेट अधिवेशनको पहिलो बैठक नै तात्यो

शरणार्थी समस्यालाई विषयान्तर गर्दै एमाले, बजेट अधिवेशनको पहिलो बैठक नै तात्यो

शरणार्थी समस्यालाई विषयान्तर गर्दै एमाले, बजेट अधिवेशनको पहिलो बैठक नै तात्यो

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका हुन् ।

सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए । ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् ? भन्ने प्रश्न उनको थियो ।

सांसद अमरेशकुमार सिंहले २०६३ पछि सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल भएको बताए ।

भुटानी शरणार्थीको नाउँमा नेपालीलाई भुटानी शरणार्थी बनाउने कागजातमा मुख्यसचिवको हस्ताक्षर भएको पनि उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको बताए । उनले यो विषयमा मात्रै नभएर सबै भ्रष्टाचारका मुद्दा उठाउनुपर्ने बताए।

एमाले सचेतक महेश बर्तौलाले दे‍शको छवि अन्तर्राष्ट्रिय स्तरमा गिराउने काम भएको बताए । त्यस कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु