काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लार्के पास गर्ने क्रममा २० वर्षीय युवकको मृत्यु

5.78K
shares

मनास्लु पदमार्ग हुँदै लार्के पास गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

बहराल एडभेन्चर प्रालिबाट पोर्टरको रुपमा लार्के पास गर्न गएका धादिङ नीलकण्ठ नगरपालिका–११ का प्रकाश दवाडीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

डीएसपी लिलाराज लामिछानेका अनुसार २० वर्षीय दवाडी यही वैशाख १८ गते लार्के पासका लागि टोलीसँग धर्मशालाबाट अघि बढेका थिए । तर हावाहुरी र हिमपातका कारण उनी आफ्नो टोलीभन्दा पछाडि परे ।

वैशाख १९ गते लार्के पासका लागि धर्मशालाबाट निस्किएको अमेरिकन टोलीले उनलाई बिरामी अवस्थामा देखेपछि रेस्क्यू गरेको थियो । भारी छाडेर सँगै जान आग्रह गरेपनि दवाडी नमानेपछि सो टोलीले उनलाई छाडेर गएको थियो । त्यसपछि एक्लिएका दवाडी शनिबार लार्के भन्ज्याङ नजिकै मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए ।

डायनेष्टी हेलिकप्टरमार्फत उनको शव सामागाउँस्थित प्रहरी चौकीमा ल्याइएको छ ।