global ime bank Long Banner Ad

गृहपृष्ठ अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न–प्रधानमन्त्री दाहाल

अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न–प्रधानमन्त्री दाहाल

अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न–प्रधानमन्त्री दाहाल

आफु कुनै दबाबमा नपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् ।

‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’

त्यस्तै प्रधानमन्त्री  दाहालले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् ।राजधानीमा आज आयोजित नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

उनले भने, ‘लामो समयदेखि गलत नीति, संस्कार, बेतिथि, कार्यशैली र मुख्यतः भ्रष्टाचारको कारणले नै नेपालको स्थिति अहिले आर्थिक संकटको स्थिति बनेको हो ।’

उनले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाई भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताए उनले भने ‘सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतिपूर्ण छ । सुशासन भन्ने बित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।’

प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएको शुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताको रुपमा अगाडि बढाएको बताउनुभयो । उनले भने, ‘मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।’

प्रतिगमन विरुद्धको आन्दोलनको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भने, ‘दुई–दुई पटक संसद विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धी उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्रहरू परास्त भए, नेपाली जनता फेरी विजयी भए, हामी फेरी विजयी भयौँ ।’

प्रधानमन्त्रीले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भने, ‘हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्टाउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैं लडेर ल्याएको अधिकार हो ।’

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु