काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको डब्लूएचओको घोषणा

7.52K
shares

 विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ । सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ ।

तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।

अधिकारीहरूले भने कि भाइरसको मृत्यु दर जनवरी २०२१ मा प्रति हप्ता १ लाख भन्दा बढी व्यक्तिमा देखा परेको थियो भने अहिले त्यो घटेर ३५०० मा आईपुगेको छ ।डब्ल्यूएचओका प्रमुखले यो महामारीमा कम्तिमा ७० लाख मानिसको ज्यान गएको बताए ।