nmb bank

गृहपृष्ठ पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या

पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या

पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या

पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो । उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा.आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सनाको गरेको छ ।

अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो । घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु