nmb bank

गृहपृष्ठ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, १४०१ जना संक्रमित

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, १४०१ जना संक्रमित

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, १४०१ जना संक्रमित

कोरोनाभाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका- ११ का बासिन्दा हुन् ।

ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १८९ जनालाई कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

प्रकाशित समय : ०२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु