गृहपृष्ठ मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु
मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु
हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शान्तिपूर्ण वातावरणमा सुरु भएको छ । जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन् ।
श्रमिक माध्यमिक विद्यालय, बाल ज्योति माध्यमिक विद्यालय, मकवानपुर बहुमुखी क्याम्पस तथा जिएस निवेदन केन्द्रमा परीक्षा बिना कुनै अवरोध सञ्चालन भइरहेको सम्बन्धित स्रोतले जनाएको छ । सुरक्षाका दृष्टिले आवश्यक व्यवस्थापन मिलाइएको र परीक्षा निष्पक्ष तथा मर्यादित ढङ्गले सञ्चालन भइरहेको बताइएको छ ।
परीक्षाको पहिलो दिन नै विद्यार्थीहरूको उपस्थिति सन्तोषजनक देखिएको छ भने परीक्षा केन्द्र वरपर अनावश्यक भिडभाड हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको छ ।
यद्यपि, मकवानपुर जिल्लाभरिका सम्पूर्ण परीक्षा केन्द्रहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाइएको छ । बाँकी विवरण प्राप्त भएसँगै थप जानकारी सार्वजनिक गरिनेछ ।
प्रकाशित समय : ०८:५७ बजे



















