nmb bank

गृहपृष्ठ लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

कोरोना संक्रमितहरू बढेसँगै सरकारले लकडाउन जेठ अन्तिमसम्म बढाउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम रोक्न जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । यसबीचमा लकडाउनको मोडालिटी परिवर्तनबारे समेत छलफल गरिने एक मन्त्रीले जानकारी दिए ।

यसका साथै सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

विमानस्थल भने असार १३ गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकअगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिसअनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

प्रकाशित समय : ०३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु