nmb bank

गृहपृष्ठ कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने

कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने

कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न सुरु भई राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्‍याएको छ । त्यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले त्यसमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने जानकारी दिए ।

सरकारले हालै जारी गरिएको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउनका लागि यही जेठ ९ गते संघीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७ ’ विधेयक दर्ता गराएको थियो । (रासस)

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु