रवि र स्वर्णिमले लिए शपथ
वि.सं.२०८० वैशाख १५ शुक्रवार १२:५७
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन् ।
बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने आज शपथ नलिएको सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार यादव काठमाडाैंबाहिर रहेकाले उनकाे शपथ पछि हुनेछ ।

























