काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘वित्तीय स्थायित्वसहित समष्टिगत आर्थिक स्थिरता कायम गर्न प्रतिबद्ध छाैं’ (पूर्णपाठ)

7.67K
shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थायित्वसहित समष्टिगत आर्थिक स्थिरता कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेकाे बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले अर्थतन्त्र चलायमान भएको बताउँदै उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर घट्दै गएको छ, अब कर्जाको पनि ब्याज घटाउनुपर्छ, जसले अर्थतन्त्र पनि चलायमान भइरहेको छ ।;

यस्तै, उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनमुलक उद्योग व्यवसायमा कर्जा लगानी गर्न जोड दिइरहेको बताए । पछिल्लो समय अर्थतन्त्र समस्या पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेर सहज स्थितिमा ल्याएको उनले दाबी गरे । ‘२०७८/७९ मा सोधानान्तर स्थिति घट्न गई विदेशी मुद्रा संचित घट्न गयो, राष्ट्र बैंकले १० बिलासी वस्तुको आयातमा कडाइ गरेर सहज भयो, पुनः आयातमा खुकुलो भइरहेको छ, नियामकित सुविधा पनि राष्ट्र बैंकले हटाएको छ,’ उनले भने ।

सम्बाेधनकाे पूर्णपाठ :