काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बारा–२ अपडेटः उपेन्द्र यादवको अग्रता कायमै

8.44K
shares

 बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार ६७० मतगणना भइसकेको छ । जसमा जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएर पछ्याइरहेका छन् ।

यसैगरी, एमाले पुरूषोत्तम पौडेलले १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० र आम जनता पार्टीका अरूण ज्ञवालीले १२ मत ल्याएका छन् । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।