गृहपृष्ठ आइएमई पेबाट विभिन्न केबल कारको टिकट काट्न सकिने
आइएमई पेबाट विभिन्न केबल कारको टिकट काट्न सकिने
आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेबाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ ।
आइएमई पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरि केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरि, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।
आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झठविना टिकट काट्न सक्नेछ ।
प्रकाशित समय : १५:४६ बजे



















