आइएमई पेबाट विभिन्न केबल कारको टिकट काट्न सकिने
वि.सं.२०८० वैशाख ८ शुक्रवार १५:४६
shares

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेबाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ ।
आइएमई पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरि केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरि, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।
आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झठविना टिकट काट्न सक्नेछ ।

























