global ime bank Long Banner Ad

गृहपृष्ठ चार सय रुपैयाँ बढ्यो सुनको मूल्य

चार सय रुपैयाँ बढ्यो सुनको मूल्य

चार सय रुपैयाँ बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

बिहीबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु