आज सुनको भाउ स्थिर, चाँदी घट्यो
वि.सं.२०८० वैशाख ५ मंगलवार ११:२८
shares

नेपाली बजारमा सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
























