काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा विश्वासको मत लिने

9.2K
shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ मा विश्वासको मत लिने भएका छन् । माघ ५ मा पहिलोपटक विश्वासको मत लिएका गिरीले माओवादीसहितका साना दलले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत प्राप्त नभएमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार दाबी गर्ने र त्यो अस्वीकार भए कानुनी व्याख्याका लागि सर्वोच्च अदालत जाने एमालेको तयारी छ ।

विश्वासको मत लिन वैशाख ९ मा बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्री गिरीकै आग्रहमा वैशाख ११ मा सारिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।

सरकारलाई समर्थन गरेका माओवादी, जसपा, जनमत, लोसपालगायत दलले चैत १२ मा विश्वासको मत फिर्ता लिंदै मन्त्री पदबाट पनि राजीनामा दिएका थिए । अहिले लुम्बिनी प्रदेश सरकारका १० मन्त्रालयमध्ये ९ एमाले र १ राप्रपाले लिएका छन् ।