गृहपृष्ठ बालेन शाहविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा
बालेन शाहविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा
सिंहदरवारलगायत स्थानको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलास हुने भएको छ ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेको रिटको सुनुवाइ आज कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासको आठौं नम्बरमा तोकिएको छ । अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने लगायतका कार्यमा केन्द्रीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरपाकिाले प्रमुख प्रशासनिक निकाय
सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाउने निर्णय गैरकानुनी भएको भन्दै रिट परेको हो । रिटमा काठमाडौं महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
प्रकाशित समय : ११:२१ बजे


















