global ime bank Long Banner Ad

गृहपृष्ठ लघु बिमा निर्देशन जारी

लघु बिमा निर्देशन जारी

लघु बिमा निर्देशन जारी

निर्जीवनतर्फ  ५० लाख र जीवनतर्फ पाँच लाखसम्मको बिमा गर्न सकिने गरी लघु बिमा निर्देशन, २०७९ जारी भएको छ ।

बिमालेख अवधि, बिमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बिमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुसार लघु जीवन बिमाअन्तर्गत आवधिक लघु जीवन बिमा, सावधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र अन्य लघु जीवन बिमा रहेका छन् । त्यस्तै, निर्जीवन बिमातर्फ घर, सम्पत्ति तथा व्यवसाय, सवारी, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति र अन्य लघु निर्जीवन बिमा गर्न पाइनेछ ।

प्राधिकरणले लघु बिमाका लागि बिमालेखको अवधि पनि तोकेको छ । जीवन लघु बिमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको मात्रै बिमालेख जारी गर्न पाइनेछ । निर्जीवन लघु बिमाको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बिमालेख जारी गर्न सकिनेछ ।

निर्देशनमार्फत लघु बिमाको सीमा पनि तोकिएको छ । घर, सम्पत्ति तथा व्यवसाय र सवारी साधनको ५० लाखसम्मको लघु बिमा गर्न सकिनेछ । दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बिमाका लागि अधिकतम पाँच लाखसम्मको लघु बसमा गर्न पाइनेछ ।

त्यस्तै, जीवन बिमा कम्पनीले अधिकतम रु पाँच लाखसम्मको बिमांक भएको लघु बिमा मात्रै जारी गर्न पाउनेछन् । लघु बिमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति श्रृंखलामा आबद्ध सङ्घसंस्थासँग सहकार्य गरी लघु बिमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ ।

लघु बिमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमार्फत न्यून आय भएका व्यक्ति तथा सम्पत्तिको सुरक्षाका लागि प्राधिकरणले यो निर्देशन कार्यान्वयनमा ल्याएको हो । गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत समूहका लागि लक्षित गरी प्राधिकरणले लघु बिमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु