global ime bank Long Banner Ad

गृहपृष्ठ आजको विदेशी मुद्राको विनिमयदर, ओरालो लाग्यो युरोको भाउ

आजको विदेशी मुद्राको विनिमयदर, ओरालो लाग्यो युरोको भाउ

आजको विदेशी मुद्राको विनिमयदर, ओरालो लाग्यो युरोको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा एक रुपैयाँ ३३ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

आज साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिट कारोबार स्थिर रहेको छ। जसअनुसार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । यसअघि आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।

प्रकाशित समय : ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु