आइएमई पेबाट आइएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने
वि.सं.२०७९ चैत २६ आइतवार २१:०२
shares

आइएमई पेबाट सजिलै आइएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।
आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले प्रदान गर्ने बिमा सेवा भुक्तानी अन्तर्गत उक्त नवीकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरूले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत् ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आइएमई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन् ।
उक्त सेवा ग्राहकहरूलाई भौतिक रुपमा बिमा कार्यालय जान नपर्ने र समयमै बिमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गराइएको बताइएको छ ।
























