काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

5.17K
shares

 आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ । आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।