nmb bank

गृहपृष्ठ ‘सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको छ’

‘सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको छ’

‘सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुंगाेमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) गोरखाले शुक्रबार आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुंगाेमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । ‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टु‌गाेमा पुर्‍याउने सहमति भएको छ,’ उनले भने, ‘हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउनेछौं ।’

उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताएका छन् । एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उgको भनाइ छ । ‘अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो ।’

उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौ‌ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरे । उनले आफू प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको भए पनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको उल्लेख गरे ।

आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने संकल्प गर्दै आएको भन्दै त्यसअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने काम हुँदै आएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढंगकाे बनाएर नहुने भन्दै नयाँ ढंगकाे बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताए ।

उनले सरकारले भर्खरै मात्र ल्याएको साझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिँदा बनाइएको नीति तथा कार्यक्रम सहितलाई समेटेर सार्वजनिक गरिएको जानकारी दिए ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु