गृहपृष्ठ ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा स्मार्ट टीभी जित्ने मौका
ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा स्मार्ट टीभी जित्ने मौका
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजबाट सामान किन्दा ५५ इन्चको वेस्तेल लिड स्मार्ट टीभी जित्न सक्ने योजना ल्याएको छ ।
यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत्र २१ देखि बैशाख ९ गतेसम्म लागु रहने जनाएको छ । योजनाको अन्त्यमा सबै सहभागीहरूमध्ये एकजना विजेता छनौट गरिने र विजेताले ५५ इन्चको वेस्तेल स्मार्ट लिड टिभी पाउने बैंकले जनाएको छ ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकले अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्न यो योजना अघि सारेको बताएको छ । लगभग सबैजसो वित्तीय सूचकांकहरूमा पहिलो बैंकका रुपमा दाबी गर्ने ग्लोबल आइएमईका देशभर ३६४ वटा शाखा कार्यालय रहेको छ ।
यसका साथै ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
प्रकाशित समय : १६:०४ बजे

















