काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

नेपालको मूल्यवृद्धि दर ७.४ प्रतिशत रहने अनुमान

7.62K
shares

एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकको एशियन डेभलपमेन्ट आउटलूक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धि गत वर्षका तुलनामा खस्किने आँकलन गरेको हो ।

हरेक वर्ष उसले प्रकाशन गर्ने प्रतिवेदनमा देशहरूको आर्थिक स्थितिलाई समग्रमा मूल्यांकन गरेर प्रक्षेपण गर्ने गर्दछ । आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, विश्वव्यापी रूपमा जारी आर्थिक समस्याका कारण नेपालको अर्थतन्त्रको वृद्धिदर सुस्त हुन लागेको बैंकको प्रतिवेदनमा उल्लेख छ । सरकारको पूँजीगत खर्चमा वृद्धि, वित्तीय व्यवस्थापन र परियोजनाहरूको तीव्रताले नेपालको वृद्धिलाई सघाउने प्रतिवेदनमा औंल्याइएको छ ।

एडीबीले नेपालको अर्थतन्त्र सुस्त रहेको टिप्पणी पनि गरेको छ। कसिलो मौद्रिक नीति, देशभित्रको मागमा गिरावट, कोभिड-१९ का बेला दिइएको सुविधा खारेजीका कारण नेपालको अर्थतन्त्रमा त्यसको असर देखिएको प्रतिवेदनमा उल्लेख छ । बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ मा भने आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

एडीबीले नेपालको कृषि, उद्योग, आयाात निर्यात लगायत सबैको अवस्था बारेपनि आफ्नो प्रतिवेदनमा टिप्पणी गरेको छ । अर्थतन्त्रको मुख्य मियोमध्ये क्षेत्र रहेको कृषिको विस्तार यो वर्ष दुई प्रतिशतमा सीमित हुनेछ भनिएको छ । गत वर्ष कृषि क्षेत्र २.३ प्रतिशतले बढेको थियो । यो वर्ष त्यसका पनि कमि आउने प्रतिवेदनमा उल्लेख छ ।

धानको उत्पादन बढे पनि हिउँदमा वर्षा नहुँदा हिउँदे बालीको उत्पादन खस्किएको प्रतिवेदनमा उल्लेख छ । उच्च ब्याजदर, आयातमा निरुत्साहन, आन्तरिक मागमा कमीका कारण औद्योगिक विस्तार पनि सोचेजस्तो नहुने प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा पनि यसको प्रभाव जारी रहने प्रतिवेदनमा उल्लेख छ ।

एडीबीले यो वर्ष सेवा क्षेत्रको वृद्धिदर पनि ४.४ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । गत वर्ष सेवा क्षेत्र ५.९ प्रतिशतले वृद्धि भएको थियो । ब्याजदर वृद्धिका कारण घरजग्गा क्षेत्रको कारोबारमा मन्दी, खुद्रा र थोक कारोबारमा गिरावटका कारण सेवा क्षेत्र पनि खस्किन लागेको हो ।

बैंकले यो वर्ष नेपालको मूल्यवृद्धि दर ७.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।