global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

रास्वपाले बिहीबार चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

रास्वपाले चितवन क्षेत्र नं. २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे तथा बारा क्षेत्र नं. २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु