१८.१५ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
वि.सं.२०७९ चैत ९ बिहीवार १५:३३
shares

बिहीबार सेयर बजार १८.१५ अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ ।
सेयर बजारमा आज ४३ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । आज १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्त भएको छैन ।
आज सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । यस संस्थाका सेयरधनीले प्रतिसेयर १४५ रुपैयाँ गुमाएका छन् । यसरी कम्पनीको अन्तिम सेयर मूल्य १८ सय रुपैयाँ कायम भएको छ ।
धेरै सेयर मूल्य गुमाउने टप ३ कम्पनीहरु सबै लघुवित्त रहेका छन् । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा मायाखोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरु रहेका छन् ।
आज १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सबैभन्दा बढी आज व्यापार उपसूचक ३.०५ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, माइक्रोफाइनान्स इन्डेक्स पनि १.६७ प्रतिशतले घट्न पुगेको छ ।

























