सुध्रियो नेपाली पर्यटन
वि.सं.२०७९ चैत ४ शनिवार १४:३८
shares

निनाम लोवात्ती
तत्कालीन श्री ५ को सरकारले सन् १९६२ देखि नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्यांक राख्न सुरु गरेको देखिन्छ । सो अनुसार सन् १९६२ मा ६ हजार १७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने सन् १९६६ मा १२ हजार ५६७ जना पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । तर किन हो कुन्नि ? सन् १९६३, १९६४ र १९६५ को तथ्यांक भने उल्लेख गरिएको छैन । (तथ्यांक स्रोतः एन्युअल स्टाटिस्टिक रिपोर्ट, सन् २००२, श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।)
जेहोस्, पछिल्लो १० वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या क्रमशः उल्लेख गरिएको छ । त्यसअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१४ मा सात लाख ९० हजार ११८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको देखिन्छ । सन् २०१६ मा सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै गरेर सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
उता सन् २०१८ मा आएर चाहिँ नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ जना पुगेको थियो भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । स्मरणीय छ, हालसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सबैभन्दा धेरै संख्या हो । हुन पनि सो संख्या विस्तारै बढ्दै जानुपर्नेमा उल्टै सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ८१ प्रतिशत, ७० प्रतिशत र ५३ प्रतिशत हाराहारीमा घट्यो । जस्तै सन् २०२० मा २ दुई लाख ३० हजार ८५ जना, सन् २०२१ मा एक लाख ५० हजार ९६२ जना र सन् २०२२ मा जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ ।
त्यसो त विश्वमा पर्यटन व्यवसाय संस्थागत रुपमा सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । उनले सन् १८४१ मा आप्mनै देश बेलायतका पाँचसय जना नागरिकलाई पर्यटकको रुपमा रेलमार्फत बेलायतको ‘लेइस्टर वा लेइस्चर’देखि ‘लोउफब्रो वा लोउफबोरो’सम्म भ्रमण गराएका थिए । यसरी थोमस कुकले संगठित रुपमा भ्रमण व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेको लगभग एक सय ८२ वर्ष पुग्दै गर्दा विश्व पर्यटनमा धेरै नै उथलपुथल आएको छ । विश्व विभिन्न देशका खरबौं मानिसहरु पर्यटक भई घुम्न निक्लेका छन् । त्यसरी पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लेका पर्यटकहरुले हजारौं-हजार खर्ब डलर खर्च गरिसकेका छन् । त्यसको केही हिस्सामा नेपालले पनि हिस्सेदारी हुन पाएको छ । किनकि हालसम्म विश्वका सयौं देशका केही करोड मानिसहरु नेपाल भ्रमण गर्न आएका छन् । यसरी विश्व पर्यटनको इतिहासमा थोमस कुकलाई ‘ट्राभल बिजनेस’को सुरुवातकर्ता र पर्यटनको पिता अर्थात् ‘गड फादर’ मान्ने गरिन्छ ।
समग्रमा हेर्दा २०६२/६३ सालको तेस्रो जनआन्दोलनको राजनैतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । सन् २०१५, सन् २०२०, २०२१ र २०२२ मा बाहेक । त्यसो भए तापनि नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाई अवधिमा चाहिँ सुधार हुन सकेको छैन । त्यसैले हामीले आगामी दिनमा विदेशी पर्यटकले नेपाल आएर गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरुको नेपाल बसाई अवधि पनि क्रमशः बढ्दै लानेतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । तथापि सन् २०२० मा चाहिँ नेपालमा विदेशी पर्यटकले गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरुको नेपाल बसाई अवधि पनि बढेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सन् २०२१ मा सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक-२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि १५.१ दिन र प्रतिव्यक्तिको प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर रहेको छ । यो नै नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराई रहेको छ । हाल कोभिड-१९ नियन्त्रणमा आइसकेको हो, होइन ? कुनै टुंगोमा पुग्न सकिएको छैन । त्यसैले आगामी दिनमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढ्ने वा घट्ने के-कसो हुने हो ? अहिले नै किटेर केही भन्न सक्ने अवस्था छैन ।
जे भए तापनि हामीले कम्तिमा सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाई अवधि १५.१ दिन जुन छ, सो र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर जुन पुगेको थियो त्यसलाई तत्कालै अरु बढी बढाउन नसके तापनि कायम राख्नका लागि प्रयास चाहिँ गर्नैपर्ने देखिन्छ ।
























