काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

630
shares

काठमाडौं । नवरात्रको नवौँ दिन आज महानवमी मनाइँदैछ । महानवमीका दिन नवदुर्गामध्ये नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

उपप्राध्यापक डा.नारायण प्रसाद निरौलाका अनुसार महानवमी नवरात्रअन्तर्गत गरिने दैनिक पाठ तथा धार्मिक कर्मकाण्डको समापन गर्ने महत्वपूर्ण दिन हो ।

उनले भने, ‘महानवमीमा ‘नवमं सिद्धिदात्री च’ भनिन्छ । त्यहाँ सिद्धिदात्री भगवतीको पनि आराधना हुन्छ । त्यो नवरात्र अन्तर्गतका जो हामी नित्य पाठ गर्ने हुन्छन् । सबै कर्महरू त्यो दिन समापन हुन्छन् । त्यो दिन मूल कुराहरू पाठ नवरात्रहरू समापन गर्ने अन्तिम दिन हुन्छ ।’

महानवमीपछि दशमीका दिन नवरात्रका प्रसाद विसर्जन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।

उनका अनुसार नवरात्रको नौं दिनको व्रतको अन्तिम दिन भएकाले महानवमीलाई विशेष महत्वका साथ लिइन्छ । यस दिन सिद्धि प्राप्तिका लागि नौं कन्यालाई भोजन गराउने तथा खीरलगायतका परिकार खुवाउने परम्परा रहेको र यसबाट उत्तम फल प्राप्त हुने धार्मिक मान्यता रहेको उनले बताए ।

डा. निरौलाका अनुसार नवरात्रका अन्य दिनभन्दा नवौँ दिनलाई अझ विशेष मानिन्छ । नौ दिनसम्म गरिने आराधना, व्रत, पाठ तथा कर्महरू महानवमीमा समापन हुने भएकाले यस दिनको धार्मिक महिमा विशेष रहेको उनले बताए ।