बझाङमा सुर्मादेवी मेलाको तयारी हुँदै
वि.सं.२०८३ कात्तिक ३ मंगलवार ०९:१८
shares

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलाको तयारी सुरु भएको छ । मेलाको अवसर पारेर चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको पनि सरसफाइ र रंगरोगन गरिएको छ । बझाङको सुर्मादेवि मेला दशैं पछिको पुर्णिमाको दिन हुने भएकाले यो मेला हेर्न जिल्ला तथा बाहिर जिल्लाका यात्रुहरु आउने गर्दछन् ।
























