काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

546
shares

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुनुहुन्छ । तर उहाँलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । उहाँको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनुहुनेछ । क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकि मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकि छन् । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनि फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गरथिन् । “जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ”, उनले मुस्कुराउँदै भनिन् । उनको विश्वास छ, “भगवान्ले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ ।”

उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो ।

मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनि जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।

मार्रा अझै बिहान उठेर आँगन सफा गरछिन्, फूलमा पानी हालछिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिनछिन् । छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्नुहुन्छ र सुगन्ध लिन तुलसीका पात खल्तीमा राखछिन् । छोराका अनुसार उनको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएको छैनिन् ।

श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनि सँगै बिताएका दिन सम्झेर मुस्कुराउछिन् । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, “नत्र म उनिसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र रु?

मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकि छन् । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनि भावुक बनछिन्, तर परिवारका सदस्य घर आउँदा खुसी छिन् । “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उनले भनिन्। युवावस्थाको सम्झनाका रूपमा उनिसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो ।