आजको राशिफल
वि.सं.२०८३ कात्तिक ४ बुधवार ०५:३६
shares

मेष: परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतीत हुनेछ ।
वृष :अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडीहरू चढ्न सकिनेछ । पारिवारिक माहौलमा समय व्यतीत हुनेछ भने आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
मिथुन :महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।
कर्कट :सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
सिंह अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । अध्ययन वा काममा प्रविधिको उच्चतम प्रयोग गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
कन्या : आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
तुला बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत् हात लागि हुने योग रहेको छ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।
वृश्चिक : खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको समर्थन पाउनेछन् । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
धनु :आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । आफन्त तथा अग्रजबाट टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । मनोरञ्जन तथा खानपानमा केही समय व्यतीत हुनेछ ।
मकर : सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको यात्राका तय गर्न सकिनेछ ।
कुम्भ : आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । पारिवारिक मोहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
मीन : आत्मीय मित्र तथा सहयोगीको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । छोटो यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ ।
























