आइएमई र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरू
वि.सं.२०७९ चैत २ बिहीवार १३:२९
shares

आइएमई-पे र सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबिच युनिमनीको ‘सेन्ड मनी अनलाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा सम्झौता भएको छ ।
विन बिग क्याम्पियनमा सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो पाउने भएका छन् । त्यस्तै, पाँच जनाले सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा, ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी एक सय ग्रामसम्म सुन जित्न सक्नेछन् ।
सोही क्याम्पेनको अवधि २०७९ चैत एकदेखि २०८० जेठ एकसम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रूपैयाँ सम्मको बोनस सुविधा रहनेछ ।
अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्नका लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने बताइएकाे छ ।

























