गृहपृष्ठ मन्त्रिपरिषद बैठकका १० निर्णय (सूची)
मन्त्रिपरिषद बैठकका १० निर्णय (सूची)
नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताइन् । यसैगरी पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने समेत निर्णय गरेको छ ।
बैठकले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रसारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । यसैगरी यती एयरलाइन्सको एटीआर ७२, नाइनएन-एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने बैठकले निर्णय गरेको छ ।
सूची :

प्रकाशित समय : १७:२६ बजे



















