गृहपृष्ठ प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने
प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले चैत ६ गते पुन:प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी थालेको बताइएकाे छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सहितको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते संघीय संसदबाट विश्वासको मत लिएका थिए । उनले एमाले, कांग्रेससहित १० दलको समर्थन पाएका थिए भने विपक्षमा २ मत परेको थियो ।
बीचमा राष्ट्रपति चुनावले गर्दा पुरानो गठबन्धन भत्किएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका थिए । सरकार र समर्थन गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै व्यवस्थाअन्तर्गत उनले चैत ६ गते पुन: प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित समय : १७:१३ बजे


















