१४ अंकले घट्यो नेप्से
वि.सं.२०७९ चैत १ बुधवार १५:४१
shares

बुधबार सेयर बजार मापक नेप्से १४.४४ अंकले घटेको छ । साे अंककाे गिरावटसँगै नेप्से १९३८.६२ विन्दुमा झरेकाे छ ।
यसरी बजार घट्दा ३७ लाख कित्ता सेयर किनबेचबाट एक अर्ब २० करोड २१ लाख रुपैयाँकाे काराेबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज व्यापार उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । व्यापार इन्डेक्स ०.५१ प्रतिशतले बढेको छ भने सर्वाधिक माइक्रोफाइनान्स उपसूचक १.८६ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनीका एनआइसी एशिया बैंकका सेयरधनी रहेका छन् । बैंकको नेप्सेमा १० करोड ३ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै, दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त वित्तिय संस्था र शुभम् पावर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
आज सबैभन्दा बढी गुमाउनेमा किसान लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । कम्पनीको सेयर बुधबार ५.९० प्रतिशत ले घटेको छ । त्यस्तै, बाराही हाइड्रोपावर, स्वरोजगार लघुवित्त, फस्ट माइक्रोफाइनान्स लघुवित्त, ग्लोबल आइएमई लघुवित्तलगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

























