global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी विकास बैंकको एटीएम पोखराको रामबजारमा

लुम्बिनी विकास बैंकको एटीएम पोखराको रामबजारमा

लुम्बिनी विकास बैंकको एटीएम पोखराको रामबजारमा

लुम्बिनी विकास बैंकको एटीएम पोखराको रामबजारमा

लुम्बिनी विकास बैंकले थप एक एटीएमको उद्घाटन गरेको छ । बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका-१० स्थित आफ्नो रामबजार शाखाबाट एटीएम सेवा सुरु गरेको हो ।

उक्त एटीएमको उद्घाटन पोखरा महानगरपालिका-१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका थिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडकाे थप एक नयाँ एटीएम को उद्घाटन भएसँगै बैंकको विभिन्न स्थानमा गरी जम्मा १८ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुईदेखि दश गुणासम्म गर्न मिल्ने समेत विशेष योजनालाई निरन्तरता दिएको छ ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु