गृहपृष्ठ उपराष्ट्रपति निर्वाचन : जसपाका रामसहायलाई मतदान गर्ने कांग्रेसकाे निर्णय
उपराष्ट्रपति निर्वाचन : जसपाका रामसहायलाई मतदान गर्ने कांग्रेसकाे निर्णय
नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका यादवलाई मतदान गर्ने निर्णय गरेको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले संघीय संसद र प्रदेशसभाका सदस्यहरूलाई उपराष्ट्रपतिका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय पनि गरेको उनले बताए ।
उनले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिमको प्रक्रिया पुर्याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित किायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको बताए ।
प्रवक्ता महतले सरकारका जाने कुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताए ।
प्रकाशित समय : १२:३९ बजे

















