गृहपृष्ठ सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर
बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको थियाे ।
छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ ।
मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको छ ।
प्रकाशित समय : १२:१३ बजे

















