global ime bank Long Banner Ad

गृहपृष्ठ मंगलबार रातिदेखि मौन अवधि

मंगलबार रातिदेखि मौन अवधि

मंगलबार रातिदेखि मौन अवधि

शुक्रबार बानेश्वरस्थित संसद्‍ भवनमा हुने उपराष्ट्रपतिको निर्वाचनलाई पारदर्शी बनाउन भन्दै मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव, साथै जनमत पार्टीबाट ममता झा गरी चार जना उम्मेदवार रहेका छन् । प्रमिला यादवले भने आफूले उम्मेदवारी फिर्ता गर्दै जसपाका आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरिसकेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि उनले फिर्ता लिएको घोषणा गरेकी हुन् ।

रामसहाय प्रसाद यादवलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादीको समर्थन छ । ५२ हजार ६ सय २६ मतभारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको मतभार मात्रै २८ हजार ९ सय ५६ रहेको छ । एमालेको मतभार १५ हजार ३ सय ९१ रहेको छ ।

मौन अवधिमा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने निर्वाचन आयोगले जनाएको छ । यस्तै यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि पाइँदैन ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु