गृहपृष्ठ राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । वैदेशिक मामिलाका जानकार मानिने चालिसेलाई मंगलबार राष्ट्रपति पौडेलले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चालिसे अमेरिका र बेलायतका लागि राजदूत बनेका थिए । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा परराष्ट्र सल्लाहकार पनि थिए ।
यस्तै राष्ट्रपति पौडेलले निजी सचिवका रुपमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । अधिकारी लामो समयदेखि पौडेलको सहयोगीको रुपमा काम गर्दै आएका छन् ।
राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । पौडेल फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनबाट निर्वाचित भएका हुन् ।
प्रकाशित समय : ०६:५४ बजे



















