global ime bank Long Banner Ad

गृहपृष्ठ वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन्।

शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे।

उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन। कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन। बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौँ। धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ। देशव्यापी रूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ बढ्दै जानेछ।’

घिसिङले उज्यालो नेपाल पार्टीले भविष्यमा देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धितर्फ लैजाने एकमात्र पार्टी आफ्नो भएको बताए।

‘तपाईँहरू ढुक्क भएर बस्नुस्। उज्यालो नेपाल पार्टीले आगामी दिनमा यो देशको नेतृत्व गर्नेछ। हरित क्रान्ति गरेर देशलाई समृद्ध बनाउने पार्टी यही हो। पार्टी हराउँछ कि भन्ने कुनै निराशा लिनु पर्दैन,’ उनले भने।

दोलखा जिल्ला र बाग्मती प्रदेशमा पार्टीको प्रभाव तीव्र रूपमा बढिरहेको दाबी गर्दै उनले दोलखा उज्यालो नेपालको किल्ला बन्ने बताए।

‘दोलखा मात्र होइन, बाग्मती प्रदेश नै उज्यालो नेपालको किल्ला बन्ने चरणमा पुगेको छ। हामी बाग्मती प्रदेशमा सरकार बनाउँछौँ र त्यसपछि देशव्यापी रूपमा पनि उज्यालो नेपाल पार्टीको सरकार बन्ने क्रममा अघि बढ्नेछ,’ उनले भने।

आगामी स्थानीय तह निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने उल्लेख गर्दै घिसिङले त्यसपछिको निर्वाचनबाट उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गरे।

वर्तमान सरकार पाँच वर्ष टिक्ने भनिए पनि पाँच महिनामै अस्थिरताको संकेत देखिएको उनको टिप्पणी थियो।

अहिले पाँच वर्षको सरकार भनिएको छ, तर पाँच महिनामै सरकार टिक्ने अवस्था कमजोर देखिइसकेको छ। हामीले पाँच वर्ष नै कुर्नुपर्छ जस्तो लाग्दैन। त्यसैले उज्यालो नेपाल पार्टी अब देशको विकल्पका रूपमा स्थापित हुँदै अघि बढिरहेको छ,’ उनले भने।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु