गृहपृष्ठ पीएनजीमाथि नेपालको कीर्तिमानी जित
पीएनजीमाथि नेपालको कीर्तिमानी जित
नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध कीर्तिमानी जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ९ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए ।
नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो । जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग-२ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ ।
यदि नेपालले यूएईसँग बिहीबार हुने खेलमा जित हात पारे नेपालले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।
प्रकाशित समय : १३:०६ बजे



















