global ime bank Long Banner Ad

गृहपृष्ठ कस्ताे रहला आजकाे माैसम ?

कस्ताे रहला आजकाे माैसम ?

कस्ताे रहला आजकाे माैसम ?

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान देशको पहाडी भू-भागका केही स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित समय : ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु