गृहपृष्ठ आगलागीमा जलेर उदयपुरमा २ बालबालिकाको मृत्यु
आगलागीमा जलेर उदयपुरमा २ बालबालिकाको मृत्यु
उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ रामबहादुर मागरको घरमा आगलागी हुँदा जलेर उनका छोरा र छोरीको मृत्यु भएको हो ।
मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिना मगर र २ वर्षीय छोरा रोजन मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताए । मगरको जस्तापाता लगाएको र ढुंगा–माटोले बनेको घरमा विद्युत् सट भइ अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक पोदारले बताए । घटनाको विस्तृत विरण आइसकेको छैन ।
यसैगरी शुक्रबारै रौतामाई–५ डुडेस्थित मानबहादुर कटुवालले सञ्चालन गरेको रौता राकुली कृषि तथा पशुपन्छी फर्ममा आगलागी हुँदा फर्मभित्र रहेका बोयर जातका ३० वटासहित १ सय १० वटा खसीबाख्रा जलेको प्रहरीले जनाएको छ । आगलागीमा करिब ४४ लाख ४६ हजार रुपैयाँको क्षति भएको प्रहरी नायब उपरीक्षक पोदारले बताए ।
प्रकाशित समय : ०९:२४ बजे


















