काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रामसहाय नै सत्तारुढबाट उपराष्ट्रपति उम्मेदवार

7.77K
shares

सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भन्छन् ।

उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नकै निम्ति खड्का नेतृत्वमा रहेको संयन्त्रको बैठक शुक्रबार बसेको थियो । तर शीर्ष नेताहरु सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरुलाई धन्यवाद दिएर बैठक सकियो ।

उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने समय एक दिन मात्रै बाँकी रहँदा बसेको दोस्रो तहका नेताहरुको बैठकले शीर्ष नेतृत्वबीच छलफलको आवश्यकता देख्नुमा भने सत्तारुढभित्रकै दलहरुले अलग–अलग उम्मेदवार उठाउने निर्णय गर्नु हो ।

शुक्रबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उपराष्ट्रपतिको उम्मेदवाबारे अलग–अलग निर्णय लिएका थिए । जनमत पार्टीले ममता झा र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि ४५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक प्रावधानका कारण अध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

जनमत र नाउपाले भन्दा पहिले नै जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।